लेनदेन बिगो मुद्दामा फरार राजाराम खत्री पक्राउ

शनिबार, असार २२, २०८१

काठमाडौं । प्रहरीले लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी काठमाडौं तारकेश्वर नगरपालिका–७ बस्ने ४४ वर्षका राजाराम खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंबाट लेनदेन मुद्दामा एक वर्ष कैद र बिगो ५० लाख रुपैयाँ फैसला ठहर भई फरार रहेका उनलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं बबरमहलमा पठाइएको छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार