काठमाडौं उपत्यका भित्रका नदीहरुमा पानी बहाव उच्च

शनिबार, असार २२, २०८१

काठमाडौं । हिजो (शुक्रबार) देखि नियमित परिरहेको बर्षाका कारण काठमाडौँका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेसहित मुख्य नदीसहित सहायक नदीहरुमा पानीको बहाव उच्च भएको छ । सडकहरुमा पानी जम्मा भएको छ । कति ठाउँका नदी किनारामहरुमा पानी प्रवेश भएको छ । केही स्थानहरु डुवानमा परेका छन् । पानी नियमित परिरहेकोले नदीहरुमा जल प्रवाह अझै बढ्न सक्ने देखिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, नदी किनारामा रहेका व्यक्तिहरुलाई उच्च सतर्क रहन आग्रह गरे । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असार २१ गतेदेखि २७ गतेसम्मको मौसम पूर्वानुमान गर्दै देशभर साधारणातया र पूर्णतया वदली रहने जनाएको छ । सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट््याङ्सहित हल्कादेखि मध्यम बर्षा र केही स्थानमा धेरै भारीदेखि अति भारी बर्षाको सम्भावना रहेको बताएको छ । बाढीजन्य विपद परेमा हटलाइन १६६००१०५५११, ११८० महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्न काठमाडौँ महानगरपालिकाको अनुरोध गरेको छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार