ललितपुर महानगर २३ नं. वडाले वितरण गर्‍यो ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि (भिडियो) 

शनिबार, असार २२, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालयले ज्येष्ठ नागरिकहरूलाई सुगर र प्रेसरको निःशुल्क औषधि वितरण गरेको छ ।  यो औषधि आगामी आर्थिक वर्ष (साउन, भदौ, असोज महिना) को पहिलो लट हो । वडा नं. २३ कार्यालयले आव २०८०–८१ को स्वीकृति स्वास्थ्य तथा पोषण उपक्षेत्र अन्तर्गतको बजेटमार्फत ६८ वर्ष पुगेका स्थायी बासिन्दा ११७ जनालाई लक्षित गरी सुगर र प्रेसरको औषधि निःशुल्क वितरण गरिएको हो । घर–घरमा स्वास्थ्ष्य सेवा अन्तर्गत ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर (सुगर, प्रेसर चेक जाँच) तथा निःशुल्क औषधि वितरण कार्यक्रममार्फत वडा कार्यालयले ३ महिनालाई पुग्ने गरी सुगर र प्रेसरका बिरामी ज्येष्ठ नागरिकलाई फार्मसिस्ट विवेक तिमिल्सिनाको रोहबरमा निःशुल्क औषधि वितरण गरेको हो ।  
वडा कार्यालयले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सुरु गरेको हो । निःशुल्क औषधि लिन वडा कार्यालयमा निवेदन दिएका मध्ये ११ जना ज्येष्ठ नागरिकहरूलाई (इन्सुलिन) सहितको आवश्यक औषधि उपलब्ध गराएको छ ।  निःशुल्क औषधि लिन आएका ज्येष्ठ नागरिकहरूले वडाका जनप्रतिनिधिलाई धन्यवाद दिँदै भविष्यमा पनि स्वास्थ्यका अझ धेरै कार्यक्रम ल्याउन सुझाव दिएका छन् । 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार