सहकारी क्षेत्रको समस्याको प्रमुख जड नै राजनीति हो : परराष्ट्रमन्त्री 

शनिबार, असार २२, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीको मर्म स्पष्ट हुनेगरी सहकारी ऐन संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।  शनिबार काठमाडौंमा १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री श्रेष्ठले सहकारीलाई शुद्ध वित्तीय संस्थाको रुपमा अगाडि बढाउनका लागि सहकारीको मर्म प्रष्ट पार्नेगरी सहकारी ऐनमा संशोधन गर्न आवश्यक रहेको बताए ।  उनले भने, ‘सहकारीलाई पुनः परिभाषित गर्र्नुपर्ने बेला आएको छ । सहकारीको मर्म प्रष्ट पार्नेगरी सहकारी ऐनमा संशोसोधन गर्नुपर्छ । र सहकारीलाई सहकारी जस्तै बनाउनुपर्छ । सहकारीलाई शुद्ध वित्तिय संस्थाको रुपमा अगाडि बढाउनुपर्छ । सहकारीमा समस्या आउनु र करोडौं रकम किन हिनामिना हुनुका कारण अनुगमन नै प्रभावकारी नभएर हो । त्यसैले यो अत्ति बेथिति भयो ।’ उनले सहकारी क्षेत्रमा देखिएको समस्याको मुख्य कारण नै राजनीति रहेको धारणा राखे । राजनीतिलाई सफा नगरी देश बन्न नसक्ने भन्दै त्यसलाई अत्यन्तै महत्वकासाथ आत्मसाथ गर्नुपर्ने आवश्यकता औंलाए । 
‘नेपालको राजनीतिको समस्या म यहाँ चर्चा गर्न चाहन्न । राजनीति नै समस्याको जड हो । राजनीति सफा नभइकन अरु समाधान हुनेवाला छैन् । त्यसैले मंैले बारम्बार भन्ने गरेको छु । राजनीति सफा नगरिकन देश बन्दैन भन्ने कुरा अत्यन्तै महत्वकासाथ आत्मसाथ गर्नुपर्ने आवश्यक छ । जतिसुकै कुरा गरेपनि राजनीतिले मूख्य भूमिका खेल्छ । सहकारीका समस्या आउनका कारण सञ्चालकहरु कुन कुन पार्टीका छन्, कुन नेताका छन् । उनीहरुले अनुसन्धान गर्न जानेहरुलाई फालिदिन्छन्,’ उनले भने । त्यसैगरी उनले सहकारीको समस्या समाधानका लागि गरिएको निर्णय तीव्रतासाथ कार्यान्वयन गर्न नसक्नु प्रमुख चुनौती रहेको उनको भनाई छ । 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार