मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाईयो

शनिबार, असार २२, २०८१

भक्तपुर । भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलामा बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ । नदीको बहाव बढेर बस्तीमा  पानी पसेपछि भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती ईलाका कटान नियन्त्रणका लागि बास र जस्तापाताले अस्थायी बार बनाएको छ । प्रहरीले लगातारको बर्षापछि नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ । 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार