एमाले संसदीय दलको बैठक बस्दै

आइतबार, असार २३, २०८१

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ ।  गत सोमबार भएको एमाले र कांग्रेसको सत्ता सहकार्यबारे सांसदहरुलाई जानकारी दिन बस्ने बैठक बिहान १० बजेका लागि बोलाइएको छ ।  संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउने पार्टीका प्रमुख सचेतक महेस बर्तौलाले बताए ।  नेपाली कांग्रेस र नेकपा एमालेबीच गत सोमबार राति राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो ।  सहमति अनुसार सुरुवाती चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गर्नेछन् । 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार