सगरमाथालाई एम्पुटी फुटबल उपाधि

आइतबार, असार २३, २०८१

काठमाडौं । सगरमाथाले पारा तथा विशेष खेलकुदअन्तर्गत एम्पुटी पुरुष फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको  छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा भएको फाइनलमा सगरमाथाले नेपाल आर्मीलाई टाइब्रेकरमा ५–३ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । आर्मीबाट पेरिस पारालिम्पिकमा नेपालबाट पौडीमा सहभागिता जनाउने भीमबहादुर कुमालले पनि खेलेका थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा एम्पुटी खेलकुद समाज, नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा पिस युनाइटेड तेश्रो भयो । पिस युनाइटेडले राइजिङ युथलाई ३–१ गोलले हरायो । आर्मीका प्रकाश बस्नेत उत्कृष्ट खेलाडी तथा सगरमाथाका विकाससिंह महतरा उत्कृष्ट गोलरक्षक घोषित भए ।  विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा र एम्पुटी खेलकुद समाज, नेपालका अध्यक्ष मदनमान सिंह रोकायाले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ४ टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार