राष्ट्रपतिले गरे जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ 

आइतबार, असार २३, २०८१

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय कृषणभावनामृत संघ (ईस्कोन)द्वारा आयोजित  जगन्नाथ रथयात्रा  महोत्सवको शुभारम्भ गरे । राष्ट्रपति पौडेलले  राजधानीको कमलादीमा एक विशेष समारोहकाबीच आईतवार बिहान सो रथयात्रा महोत्सवको शुभारम्भ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन्नाथको पूजाअर्चना र आरती गरेका थिए ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार