सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमालेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमालेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरेका हुन् । कांग्रेस-एमालेबीच भएको सम्झौता अहिलेसम्म बाहिर नआएको बताउदै अपारदर्शी सहमति गरेर नयाँ गठबन्धन बनेको र यसले देशलाई स्थीरता नदिने दाबि गरे । उनले भने- 'दिनभरी प्रधानमन्त्रीसँग बसेर स्वर्ग गएपनि सँगै जाने नर्क गएपनि सँगै जाने भन्ने अनि ललितपुरमा आफ्ना नेताहरुलाई सहमतिका लागि पठाउने यो कहाँको नैतिकता हो कमरेड ?' उनले प्रधानमन्त्री र गृहमन्त्रीले भुटानी शरणार्थीको फाइल फेरी खोल्न थालेपछि बेचन झा पक्राउ परेपछि एमाले-कांग्रेसका नेताहरु बेचैन भएको र ढुंगा प्वाल परेको देखेको टिप्पणी गरे । उनले संबिधानमा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भनेर नलेखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले संबिधानमा रहेको व्यवस्था अनुसार नै आफ्नो अधिकारलाई प्रयोग गर्ने बताए । सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणपछि कुनै नेतालाई नभेटेको र कुनै किसिमको सरकार बनाउने छलफल नगरेको बादी गरेका छन् । उनले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिएपछि संबिधानको धारा ७६ को उपधारा ३ अनुसारको सरकार बन्ने संबिधानमा स्पष्ट व्यवस्था गरिएको बताए ।