साताको पहिलो कारोबार दिन नेप्से २१ अंकले बढ्यो 

आइतबार, असार २३, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २१.२७ अंकले बढेर बन्द भएको हो । दुई हजार एक सय दशमलब ४० दशमलब ९७ विन्दुमा  पुगेर बन्द भएको हो ।  नेप्सेमा आज पाँच कम्पनीको शेयर मूल्य पाँच प्रतिशतले बढेको छ । आज मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्यमा उच्च गिरावट आएको छ । यो कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि एनआरएन इन्फाइन्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको २१ करोड ७१ लाख बराबरको कारोबार भएको छ । नेप्सेमा आज ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १५० वटाको बढेको छ भने ८२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                 
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार