वर्षा कारण घरबारविहीन भए महानगर आउन महानगरबासीलाई चिरीबाबुको आग्रह 

आइतबार, असार २३, २०८१

ललितपुर : ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शुक्रबारदेखि परेको अविरल वर्षाका कारण बासस्थान प्रभावित भएका नगरबासीलाई महानगरको सम्पर्कमा आउन अनुरोध गरेका छन् । 
प्रमुख महर्जनद्धारा आइतबार जारी विज्ञप्ति भनिएको छ, ‘ देशभर भएको अविरल वर्षाबाट ललितपुर महानगरपालिका पनि प्रभावित भएको छ, यो वर्षाबाट बासस्थानमा क्षति पुगेको छ , र, वर्षाबाट परिवारमा रहनु भएका ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी÷ गर्भवती महिला र अपाङ्गता भएकाहरु प्रभावित हुनु भएको भए सम्बन्धित वडा र महानगरको हटलाइन नम्बर ११३१ मा आफ्नो एकिन विवरण टिपाउन हुन अनुरोध गर्दछु ।’ महानगर प्रमुख महर्जनले ‘एलएमसी एप्स’ बाट समेत वर्षाका कारण प्रभावित भएको सूचना पठाउन सकिने बताउँदै त्यसका लागि एप्सको प्रयोग गर्न आग्रह गरेका छन् । disaster-letter-1720364872.jpg

ललितपुर महानगर महानगरबासीको नजिकको सरकार भएको उल्लेख गर्दै नगरबासीले भोग्ने अप्ठ्यारोमा स्थानीय सरकारको प्रमुखको हैसियतले आफू सधैंसँगै रहने नगर प्रमुख महर्जनको भनाई छ । नगर प्रमुख महर्जनले विज्ञप्तिमा भनेका छन्,‘आइपर्ने अप्ठ्यारो परिस्थितिको सामना गर्ने शक्ति र धैर्य गर्ने साहस बटुल्न अनुरोध समेत गर्दछु ।’ 
निरन्तर वर्षाका कारण परेको विपद्को सामना गर्न छिमेकी पालिकाहरुलाई सहयोगको आवश्यकता परे महानगर सहयोग गर्न तयार रहेको समेत नगर प्रमुखद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा उनले भनेका छन् ,
‘ललितपुर महानगरपालिकाको कार्यालयमा सम्पर्क गर्नु हुन समेत अनुरोध गर्दछु । ’

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार