सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

मंगलबार, असार २५, २०८१

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुनको मुल्य तोलामा ९ सयले घटेर तोलाको १ लाख ४४ हजार एक सयमा कारोबार भएको छ । यस अघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला ५ रुपियाँ घटेर १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार