मोदीले पुटिनलाई भेटेकोप्रति जेलेन्स्कीको असन्तुष्टि

मंगलबार, असार २५, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणप्रति असन्तुष्टि व्यक्त गरेका छन् । हाल रुस भ्रमणका क्रममा मस्कोमा रहेको मोदीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । राष्ट्रपति जेलेन्स्कीले मोदीको यो भ्रमण युक्रेनमा शान्ति प्रयासमा ठूलो धक्का भएको बताए । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्- 'विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देशको नेताले विश्वकै रक्तपातपूर्ण नेतालाई अँगालो हाल्नु निराशाजनक छ ।' रुसले हाल युक्रेनमाथिको आक्रमण तिब्र गरेको छ । सोमबार मात्र किभको एक बाल अस्पतालमा रुसले गरेको आक्रमणमा ४१ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार