नेप्से परिसूचक १५.७९ अंकले बढ्यो 

मंगलबार, असार २५, २०८१

काठमाडौं । मंगलबार(आज) सेयर बजार नेप्से बढेको छ । आज नेप्से परिसूचक १५.७९ अङ्क बढेर बन्द भएको हो । मंगलबार २१५२.१४ विन्दुमा बन्द भएको नेप्सेको कारोबार रकम बढेर ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भयो । सेन्सेटिभ इन्डेक्स ३.४७ अंक बढ्यो भने फ्लोट इन्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३२ अंकले बढेको छ । मंगलबार गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ ।  साथै युनिक नेपाल लघुवित्तको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढ्दा नेपाल फाइनान्सको शेयर मूल्य सर्वाधिक ४ प्रतिशतले घटेको छ । नेपाल फाइनान्सको १६ करोडभन्दा बढीको शेयर कारोबार भयो भने जानकी फाइनान्सको कारोबार रकम साढे १३ करोड नाघेको छ । १३ उपसमूहमध्ये मंगलबार ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार