युरोकपको सेमिफाइनलमा आज नेदरल्याण्डस र ईङल्याण्ड भिड्दै

बुधबार, असार २६, २०८१

काठमाडौँ । युरोकपको दोस्रो सेमिफाइनलमा आज नेदरल्याण्डस र ईङल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शरू हुदै छ । नेदरल्याण्डसले क्वाटरफाइनलमा टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने ईङल्याण्डले स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको छ । नेदरल्याण्डसले यो सहित ११औ पटक युरोकप खेल्दै छ भने अहिलेसम्मको नेदरल्याण्डसको उत्कृष्ट प्रदर्शन १९८८ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै इङल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन भने अघिल्लो २०२० को युरोकपको उपविजेता बनेको थियो ।  त्यस्तै स्वीजरल्याण्डले पनि अहिलेसम्म युरोकपको उपाधि जितेको छैन । नेदरल्याण्डस र ईङल्याण्डबीच अहिलेसम्म २२ खेल भएका छन् । जसमा ईङल्याण्डले ६ खेल जितेको छ भने नेदरल्याण्डसले ७ पटक जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् । जारी युरोकपमा दुवै देशको प्रदर्शन समान किसिमकै देखिन्छ । स्टार खेलाडीहरुले भरपुर दुवै टिमको प्रदर्शन भने खेलाडी अनुसारको देखिएको छैन । ईङल्याण्डका लागि फिल फोडेन र ह्यारी केन जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने नेदरल्याण्डसका लागि कोडी गाक्पो र भिगिल भानडाइक जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

 
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार