माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

बुधबार, असार २६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । सत्ताबाट बाहिरिने क्रममा रहेको माओवादी केन्द्रले आज अपराहन्न २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सत्ताबाट बाहिरिने अवस्था बनेपछि माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाइएको छ । स्पष्ट अल्पमतमा परेका माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार