२३ दशमलव २५ अंकले बढ्यो नेप्से 

बुधबार, असार २६, २०८१

काठमाडौं । सेयर बजार नेप्से  २३ दशमलव २५ अंकले बढेको छ । बुधबार सेयर बजार परिसूचक नेप्से २३ दशमलव २५ अंकले बढेर २१७५ दशमलव ४० को विन्दुमा पुगेको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको कारोबार सर्वाधिक भएको छ भने बलेफी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने  ३२२ कम्पनीको ७२ हजार ७ सय १४ पटकको कारोबारमा १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँ रहेको छ । सेन्सेटिभ इन्डेक्स ४ दशमलव ८२ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १ दशमलव ६६ अंकले बढेको छ । १३ उपसमूहमध्ये १२ वटाको बढेको छ भने विकास बैंक १३ दशमलव २० अंकले घटेको छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार