एम्बाप्पेलाई रियल म्याड्रिडले जुलाई १६ मा प्रस्तुत गर्ने

बिहीबार, असार २७, २०८१

काठमाडौँ । रियल म्याड्रिडले किलीयन एम्बाप्पेलाई आगामी जुलाई १६ मा प्रस्तुत गर्ने भएको छ । रियल म्याड्रिडमा सम्झौता गरिसकेका एम्बाप्पे फ्रान्सको टिम युरोकपबाट बाहिरिएसँगै रियल म्याड्रिडले आफ्ना फ्यानहरुका बीच जुलाई १६ मा प्रस्तुत गर्ने भएको हो । एम्बाप्पेले पिएसजी छोडेर फ्री-ट्रान्सफरमा रियल म्याड्रिड गएका थिए । एम्बाप्पेले रियल म्याड्रिडसँग पाँच बर्षको सम्झौता गरेका छन् । उनले रियल म्याड्रिडमा बार्षिक १६.२ मिलियन डलर पारिश्रमिक पाउने गरी सहमति गरेका छन्  । साथै उनले रियल म्याड्रिडबाट १५० मिलियन युरो साइनिङ शुल्क लिएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार