जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बिहीबार, असार २७, २०८१

कपिलवस्तु । ५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका-३ बानियाभार बस्ने ३६ वर्षीय किस्मत मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती महिलालाई सोही ठाउँ स्थित चम्मरभुजिया जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरीडाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार