स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

बिहीबार, असार २७, २०८१

काठमाडौँ । काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट स्रोत नखुलेको रकम ३८ लाख रूपैयाँ सहित चितवन भरतपुर महानगरपालिका-१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै प्रहरीले बा.प्र.२०४८ प ८१३० नम्बरको स्कुटर र मोबाइल १ थान समेत बरामद गरेको छ । 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार