कोलम्बियाका फ्यानलाई कुटेको आरोपमा उरुग्वेका खेलाडीमाथि अनुसन्धान शुरु

शुक्रबार, असार २८, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । कोपा अमेरिकाको सेमिफाइनलबाट बाहिरिएको उरुग्वेका ११ खेलाडी अनुसन्धानको दायरामा आएका छन् । सेमिफाइनल खेलमा हार बेहोरेपछि कोलम्बियाका फ्यानहरुसँग झगडा गरेको आरोपमा दक्षिण अमेरिकी फुटबल फेडेरेसनले उरुग्वेका ११ खेलाडीमाथि छानबिन गर्ने भएको हो । खेल सकिएपछि उरुग्वेका डार्विन नुनेज कोलम्बियाका फ्यानहरु रहेको ठाउमा पुगेर हातपात शुरु गरेका थिए । नुनेजले हानेपछि कोलम्बियाका फ्यान घाइते भएको बताइएको छ । त्यसपछि उरुग्वेका अन्य खेलाडी पनि संलग्न रहेको मिडिया रिपोर्टमा उल्लेख छ । रिपोर्टका अनुसार नुनेजलाई लामो प्रतिबन्ध लाग्न सक्ने बताइएको छ । दक्षिण अमेरिकी फुटबल फेडेरेसनले कसैलाई पनि खेलमा हिंसा गर्ने अधिकार नभएको भन्दै नुनेजसहित ११ खेलाडीमाथि छानबिन अगाडी बढेको बताएको छ ।उरुग्वेले आइतबार बिहान क्यानडासँग तेस्रो स्थानको खेल खेल्नु अघि नै कारवाही हुन सक्ने मिडिया रिपोर्टमा उल्लेख छ ।
   

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार