प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न : नदीमा खसेको बस र यात्रुहरूको अवस्था के छ ? 

शुक्रबार, असार २८, २०८१

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहट र पर्सा जिल्ला शोकमा डुबेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देश नै  स्तब्ध भएको बताएका हुन् । उनले भने,‘काठमाडौंबाट रौतहट जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौं हिँडेको बस नारायनगढ मुग्लिन सडक खण्डको सिमलटार नजिक बेपत्ता छ । त्यसले देशलाई स्तब्ध बनाएको छ । नदीमा खसेको बस र यात्रुहरूको अवस्था के छ म सरकारको जवाफ चाहन्छु ।’ साथै उनले आठ घन्टा बितिसक्दा पनि किन उद्दार हुन सकेन भन्दै सरकारको ध्यानाकर्षण गराए । राज्य  र  सरकार  किन यति कमजोर  भएको  भन्दै  उनले  प्रश्न  गरे । उनले भने , ’सरकार यति कमजोर भएकै हो र ? पहिरोमा खसेको बस पत्ता लगाउन सकिरहेको छैन, यात्रु पत्ता लगाउन सकिरहेको छैन, आठ घन्टा बितिसक्यो ।’ उनले घटनामा के भैइरहेको छ सबै जानकारी देशबासीलाई दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।   

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार