नारायणी किनारमा थप एक शव फेला, अहिलेसम्म तीन जनाको परिचय खुल्यो

आइतबार, असार ३०, २०८१

चितवन । चितवनको नारायणी नदी किनारमा थप एक शव भेटिएको छ । गैडाकोट-७ मा थप एउटा शव भेटिएको खबर आएको चितवन प्रहरीले जनाएको छ । यो शव गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्येको हो वा होइन भन्ने पुष्टी हुन भने बाँकी रहेको छ । यस अघि पाँच जनाको शव फेला परेकोमा तीन जनाको परिचय खुलेको थियो । प्रहरीका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शुक्रबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा टिकट काटेका २४ जना र काठामाडौँतर्फ गइरहेको बसमा टिकट काटेका २७ जना बेपत्ता भएका थिए । अहिलेसम्म पनि बस भेटिएको छैन र त्रिशुली नदीमा खोजीकार्य जारी रहेको छ ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार