अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

आइतबार, असार ३०, २०८१

काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ गरेको छ । जसमा काठमाडौं महानगरपालिका-२६ ठमेल भगवतीमार्गस्थित काठमाडौं सिटी होटलबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने पदार्थ ५ किलो ८ सय २० ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएकी ३६ वर्षीया लालबी अक्जुअली र मलेसिया घर भएकी ४७ वर्षीया दाधु मलाई रहेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ऊक्त होटलको कोठा नम्बर १०३ मा बसेका उनीहरूलाई ६ वटा झोलामा लुकाई छिपाई राखेको उक्त लागूऔषध सहित पक्राउ गरेको हो । त्यस्तै जुम्ला, चन्दनाथ नगरपालिका-६ स्थित बसपार्क डेरा गरी बस्ने तातोपानी गाउँपालिका-६ बस्ने २३ वर्षीय हस्त खड्कालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ ।  जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । त्यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित टिकापुर नगरपालिका-१३ बस्ने २४ वर्षीय बिकास सेरचनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । त्यसैगरी झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ३ सय मिलिग्राम सहित भारत दार्जिलिङ खोरीबारी पानीटंकी बस्ने ३६ वर्षीय बब्लु रायलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ड्ब्लुबि ७४ वाई २१४१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित प्रक्राउ गरेको हो । त्यस्तै धनकुटा, सहिदभुमि गाउँपालिका-३ छिन्ताङ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २८ वर्षीय हिरालाल राई र २८ वर्षीय नितेश राई रहेका छन् । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले छिन्ताङबाट ज्यामिरेतर्फ जाँदै गरेको को.३८ प ६५६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । त्यस्तै कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ कृष्णनगर भंसार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका-२ गल्लामण्डी बस्ने २६ वर्षीय अनिल  कुमार मिश्रा र सोही नगरपालिका-५ डबरा बस्ने २२ वर्षीय आशिष पाण्डे रहेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । त्यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-३ भासी बस्ने जिवन शर्मालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम र  स्पास्मो ५ क्याप्सुल सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । त्यस्तै मोरङ, बेलबारी नगरपालिका-४ काकुम बस्ने २५ वर्षीय हन्डु राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार