एक थान कटुवा पेस्तोलसहित दुई जना पक्राउ

आइतबार, असार ३०, २०८१

बारा । बाराको महागढीमाई नगरपालिका-११ बस्ने ४० वर्षीय राम कृपाल साह र २४ वर्षीय समसुदिन अंसारीलाई १ थान कटुवा पेस्तोलसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरू बीच एकआपसमा झैंझगडा हुँदा दुवै पक्षलाई प्रहरी चौकी बरियापुरमा ल्याई छलफल गराउने क्रममा उनीहरूले महागढीमाई नगरपालिका-११ मधुरी गाउँ स्थित आँपको रूखमुनी कटुवा पेस्तोल गाडी राखेको खुल्न आए पश्चात प्रहरीले उक्त पेस्तोल बरामद गरेको हो । साथै अनुसन्धानको लागि समसुदिनको बुवालाई समेत प्रहीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार