ग्वार्कोमा बन्दै गरेको फ्लाई ओभरको सासंद चित्रकारद्धारा निरीक्षण 

जतिसक्दो छिटो सम्पन्न गर्न सुझाव 
सोमबार, असार ३१, २०८१

ललितपुर ।  बागमती प्रदेश सदस्य एवं पूर्वमन्त्री रामकृष्ण चित्रकारले ग्वार्कोमा निर्माण भइरहेको फ्लाई ओभरको  निर्माण कार्यमा भएको ढिलासुस्तीप्रति चासो व्यक्त गरेका छन् । ललितपुर क्षेत्र नम्बर २ प्रदेशसभा ’ख’ बाट निर्वाचित सांसद चित्रकारले निर्माणाधीन फ्लाई ओभर निरीक्षण गर्दै सम्बन्धित निर्माण व्यवसायी र सरकारलाई पटकपटक खबरदारी गर्दै आएको बताए । उनले भने,‘जनताको प्रतिनिधि भएपछि जनताप्रति उत्तरदायी हुनु मेरो कर्तव्य हो।’ जनतालाई प्रत्यक्ष असर पर्ने कुरामा आफू चुप बस्न नसक्ने बताउँदै त्यसकारण आफू पटक पटक निरीक्षणका लागि आएको प्रष्ट पारे । निरीक्षणका क्रममा चित्रकारले दशैं अगावै निर्माण सम्पन्न हुनेमा आशावादी रहेको समेत बताए । यस अघि चित्रकारले फ्लाई ओभरको निरीक्षण र अवलोकन गरेपछि कामले गति लिएको थियो । ललितपुर महानगर वडा नंं. .८ का बाबुरत्न महर्जनले समयमै फ्लाई ओभर नबन्दा महानगरबासीले सास्ती भोगेको बताए । धुलोका कारण स्वासप्रश्वासका बिरामी बढ्दै गएको भन्दै दिनहुँ वडामा धेरैको गुनासो आएको बताए । उनले भने, ‘यो नबनेर धेरै समस्या भयो भन्दै धेरै गुनासो आउँछ, हामीलाई वडाबासीको चित्त बुझाउन निकै ग्राहो भएको छ । ’ स्थानीयवासी विष्णु बस्नेतले फ्लाई ओभर छिटो नभन्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको बताए । ट्राफिक जाममा परेर घण्टौं सडकमा समय बिताउनु पर्दा दैनिक लाखौको डिजेल पेट्रोल नष्ट भएको उनको सुनाए । धुवाँ धुलोका कारण छाती, फोक्सोसम्बन्धी रोग लाग्ने जस्ता समस्या बढेको समेत उनले बताए । २०७८ साल फागुन १२ गतेबाट सुरु भएको चार लेनको फ्लाई ओभर निर्माणको जिम्मेवारी श्री आशिष–समानान्तर रेलिगेर जेभीले पाएको थियो । १७ करोड ६ लाख ८८ हजारको लागतमा बन्न लागेको फ्लाई ओभरको लम्बाई ४९० मिटरको रहनेछ ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार