जिम्बाबेविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी

सोमबार, असार ३१, २०८१

काठमाडौँ । भारतले जिम्बाबेविरुद्धको टी-२० सिरिज ४-१ ले जितेको छ । आइतबार सम्पन्न सिरिजको अन्तिम तथा पाँचौं खेलमा भारतले जिम्बाबेलाई ४२ रनले पराजित गरेको हो । भारतले दिएको १६८ रनको लक्ष्य पछाएको जिम्बाबे १८.३ ओभरमा १२५ रन बनाएर अल आउट भएको थियो । यस अघि भारतले पहिला ब्याटिंग गर्दै ६ विकेट गुमाएर १६७ रन बनाएको थियो । यस सिरिजमा पहिलो खेल जिम्बाबेले जितेको थियो भने त्यसपछिका चारै खेल भारतले जितेको थियो । यससँगै यस सिरिजको प्लेयर अफ द सिरिज भारतका वाशिंगटन सुन्दर बनेका छन् ।
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार