अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

सोमबार, असार ३१, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको थियो । यस खेलमा घाइते भएपछि लियोनेल मेसी खेलको ६७औं मिनेटमा नै मैदानबाट बाहिरिएका थिए । अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ भने अहिलेसम्म कुल सबैभन्दा बढी १६ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । अर्जेन्टिनापछि १५ पटक उरुग्वेले कोपा अमेरिकाको उपाधि जितेको छ ।

 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार