सुनको मुल्य अहिलेसम्मकै उच्च

सोमबार, असार ३१, २०८१

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मुल्य हो । यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार