स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय

सोमबार, असार ३१, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सबैलाई समेट्ने योजना ल्याउने दुई निर्णय गरेका छन् । साथै उनले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने बताए ।  मन्त्री पौडेलले मितव्ययिताका लागि भन्दै मन्त्री बनेपछि कुनैपनि माला र खादा लगाउन मानेनन् । काठमाडौँ- ५ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसबाट विजयी पौडेल पहिलो पटक मन्त्री बनेका हुन् ।
  


 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार