रुकुमपश्चिममा बाढी : घरमा पुरिएका तीन बालिकाको शव निकालियो, एक अझै बेपत्ता

मंगलबार, साउन १, २०८१

रुकुमपश्चिम । रुकुमपश्चिममा गए राति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । जिल्लाको आठविसकोट-१२ को झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको छ । उनका अनुसार बाढीले घर बगाउँदा बेपत्ता भएका ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी भइरहेको छ । उनी बसेको घरमै पुरिएको हुनसक्ने आशङ्का गरिएको छ । लेदोसहितको बाढीले घर पुरिएपछि डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको छ । बाढीमा परेर घाइते भएका सात जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । अहिले प्रहरी र स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेको नगरप्रमुख केसीले बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार