सिरिजको अन्तिम खेलमा नेपालले श्रीलंकालाई २ रनले हरायो

मंगलबार, साउन १, २०८१

काठमाडौँ । श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट टिमलाई २ रनले पराजित गरेको छ । जारी टी-२० सिरिजको अन्तिम खेलमा नेपालले श्रीलंकाको टिमलाई २ रनले पराजित गरेको हो । नेपालले दिएको ११३ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाउदै ११० रन मात्र बनाएपछि नेपाल २ रनले विजयी भएको हो । अन्तिम खेलमा नेपाल विजयी भएपनि सिरिज भने श्रीलंकाको डेभलपमेन्ट टिमले २-१ ले जितेको छ । नेपालली महिला टिमले अब जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एशिया कप खेल्ने छ । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्न दिने निर्णय गरको थियो । एशिया कपमा नेपाल समुह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समुह ए मा रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । नेपालले आफ्नो पहिलो खेल एसिया कपको उदघाटनकै दिन जुलाई १९ मा युएईविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका एसीसीले सार्बजनिक गरेको छ ।  एशिया कप खेल्ने नेपाली टिम:  इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार