सहकारी छानविन संसदीय समिति

सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरियो : सूर्य थापा

मंगलबार, साउन १, २०८१

काठमाडौं । सहकारी छानविन संसदीय समितिका सभापति सूर्यबहादुर थापाले सहकारीको सिद्धान्तमा स्वनियमन भएपनि व्यवहारमा लागू हुन नसकेको बताएका छन् ।  मंगलबार बसेको बैठकमा उनले सहकारीहरु नियमन हुन नसकेको हुनाले समस्याहरु देखा परेको बताएका हुन् ।  उनले भने, ‘मुख्य सहरबजार केन्द्रीत सहकारीमा समस्या आएको देखिन्छ । यसमा पनि वित्तिय कारोबार गर्ने सहकारीमा बढी समस्या देखिएको छ । सहकारीको स्वनियमनको विश्वव्यापी अभ्यास हो । स्वनियमन असफल हुँदा समस्याहरु आउने गर्छ । सिद्धान्तमा स्वनियमन भएपनि व्यवहारमा नियमनमा नै समस्या देखिएको छ । यसबारे पनि छलफल भएको छ ।’

यसको साथै उनले सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरिएको हुनाले पनि समस्याहरु आएको बताए । 
उनले भने, ‘सहकारी आफैंमा व्यवसाय होइन तर यहाँ सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरियो । यस विषयमा ज्ञान भएका व्यक्तिहरुसँग छलफल भएको छ र सुझावहरु पनि संकलन भएको छ ।’   बैठकमा सहकारी क्षेत्रमा आएको समस्यालाई अन्तर्राष्ट्रिय रुपमा कसरी समाधान गरिन्छ भन्ने बारेमा पूर्वमहालेखापरीक्षक तथा पूर्वरजिस्ट्रार टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्धय गोपीनाथ मैनाली र डा।दामोदर रेग्मीसँग छलफल भएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार