सुनको अबैध कारोबार गर्ने मुख्य योजनाकार पक्राउ

मंगलबार, साउन १, २०८१

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अबैध सुनको कारोवार गर्ने मुख्य योजनाकारलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका वडा नं। २ का विकास योन्जन रहेका छन् । ९६० ग्राम सुन तस्करीका योजनाकार उनलाई प्रहरीले मंगलबार चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसबाट पक्राउ गरेको हो ।  प्रहरीका अनुसार २०८० को भदौं २५ गते बिहान साढे ९ बजे दुबईबाट हिमालयन एयरलाइन्सबाट बाबुलाल दोङ भन्ने काठमाडौं आइपुगेका थिए ।  उनले सुन ल्याएको छ भन्ने सूचना पाएपछि प्रहरीको टोलीले उनलाई काठमाडौं महानगर वडा नम्बर ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर हिँड्दै गर्दा फेला पारेको थियो । प्रहरी वृत्त गौशालामा लग्दा उनले मलद्वारमा ९६० ग्राम सुन लुकाएर ल्याएको फेला परेको थियो ।  उनीमाथि सोधपुछ गर्दा उक्त सुन विकासको भएको बयान दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानका लागि दुबै जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।
 

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार