सोसल मिडिया
Contact Us
युनिकोड
चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । उनीहरु दुवैको शव घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुईजनाको शवको सनाखत मंगलबार उनीहरुका परिवारले गरेका हुन् । काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहट परवाह नगरपालिका वडा नम्बर ६ का ३५ बर्षिय किशोर कुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ बर्षिय ऋषि कुमार सिंह रहेका थिए । अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने नौवटा शवको पहिचान भएको छ । आठवटा शवको पहिचान हुँन बाँकी रहेको छ । अझै ४५ यात्रुको अवस्था अज्ञान रहेको छ । पाँच दिन पहिले त्रिशूली नदीमा खसेका दुईवटा बस अहिलेसम्म फेला परेका छैनन् । वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । तीमध्ये तीनजनाले ज्यान बचाउन सफल भएका थिए ।