१७ वर्ष क्याम्पस पढाएकी विद्या भट्टराईलाई शिक्षा मन्त्रालयको कुर्सी

मंगलबार, साउन १, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेसँगै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी छन् । सिंहदरबारमास्थित मन्त्रालयमा पदभार ग्रहण पछि मन्त्री भट्टराईले प्रारम्भिक बालविकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारुप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन् । समितिमा शिक्षा मन्त्रालयका साथै कृषि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र योजना आयोगका प्रतिनिधिहरू सहभागी हुनेछन् । 


२०७५ सालमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि २०७६ को उपनिर्वाचनमा एमालेले उनकै धर्मपत्नी विद्यालाई टिकट दिएको थियो ।

उनी उपनिर्वाचनमा विजयी पनि भइन् । श्रीमान्को हेलिकोप्टर दुर्घटनामा निधएपछि १७ वर्ष क्याम्पस पढाएको करियर छाडेर भट्टराई संसदीय राजनीतिमा प्रवेश गरेकी हुन् ।  २०४७ मा एमालेको संगठित सदस्यता लिएकी उनी २०४८ मा पोखरा एकता राष्ट्रिय सम्मेलनबाट अनेरास्ववियुको राष्ट्रिय परिषद् सदस्य निर्वाचित भएकी थिइन् । शिक्षा क्षेत्रमा लामो समय विताएको हिसाबबाट उनीबाट पनि मुलुकको शिक्षा सुधारका कदम चालिने आम अपेक्षा रहेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार