बैंककको एक होटलमा ६ जना मृत फेला

बुधबार, साउन २, २०८१

काठमाडौँ । थाइल्याण्डको राजधानी बैंककमा रहेको होटलको कोठामा भियतनामी मूलका ६ जना मृत फेला परेका छन् । मिडिया रिपोर्टका अनुसार मृतकमध्ये केही भियतनामी-अमेरिकी थिए । प्रहरीले ती व्यक्तिलाई विष खुवाएको हुनसक्ने बताएको छ । तर पनि विष सेवनको कुरा भने पुष्टि हुन सकेको छैन । थाइल्याण्डका प्रधानमन्त्री श्रेष्ठ थाविसिनले पनि घटनास्थल पुगेर मृत्युको छानबिन गर्न आदेश दिएका छन् । उनले यो घटनाले देशको छवि र पर्यटनमा कुनै असर नहोस् भन्ने नचाहेको बताए । यसअघि थाई पब्लिक ब्रोडकास्टिङ सर्भिसले प्रहरीलाई उद्धृत गर्दै तीन महिला र तीन पुरुषको मृत्यु भएको जनाएको थियो । प्रहरीले उनीहरुलाई विष दिइएको र अनुसन्धान जारी रहेको बताएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार