डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह

बुधबार, साउन २, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई डिजिटल माध्यमबाट बधाई तथा शुभ्कमना दिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिनेको भिड बढेपछि उनले सामाजिक सञ्जालमाफर्त डिजिटल माध्यमबाट शुभकामना दिन आग्रह गरेका हुन् । उनले सकेसम्म म्यासेन्जरबाट शुभकामना सन्देश पठाउन र भेटमा खादा मालाको प्रयोग नगर्न आग्रह गरेका छन् ।  उनले भनेका छन्, 'विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ । शुभेच्छुक सबैलाई सकेसम्म  म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गर्छु ।'

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार