कालोसूचीमा परे चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता

बुधबार, साउन २, २०८१

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ४ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले बुधबार एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा ती व्यवसायी तथा आपूर्तिकर्ताले भाग लिन नपाउने गरी कालोसूचीमा राखेको जानकारी दिएको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजको मितिबाट लागू हुनेगरी ती व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार