सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्यको कुनै पहिचान नहुने भन्दै कविता लेखेका छन् । सामाजिक सञ्जालमा बालेनले कविता लेख्दै पछिल्लो समय आफूले गर्दै आएका काम र निर्णयमा अदालतले आफ्नो पक्षमा फैसला दिएकोप्रति लक्षित रहेको बुझ्न सकिन्छ । बागमती नदी किनारमा रहेका बस्ती खाली गराउन सर्वौच्च अदालतले बाटो खोलाइदिएपछि उनका लागि सहज भएको छ भने पाटन उच्च अदालतले न्यूरोडको फुटपाथ बढाउने कामलाई नरोक्न आदेश दिएपछि फुटपाथ विस्तारको काम पुन: शुरु भएको छ । बालेनको कविता यिनै घटनाप्रति लक्षित रहेको बुझ्न सकिन्छ ।
बालेनको कविता :
सत्यको कुनै एउटा पहिचान, कुनै नाम हुँदैन, मिथ्याको जस्तो ठूलो अभिमान , कुनै शान हुँदैन, जलझै शीतल, फूलझैं कोमल, सून न पित्तल, किसानझै फोहर, आकाशझै विशाल , स्पर्शझै सुक्ष्म, सगरमाथाझै हिमाल, थोपाझै पूर्ण, सत्यको कुनै दाम हुँदैन, कुनै एउटा पहिचान, कुनै एउटा काम हुँदैन। नाम हुँदैन ।