निरन्तर बढ्दै सुनको मूल्य, तोलाको कति पुग्यो ?

बुधबार, साउन २, २०८१

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्बाधिक मुल्य हो ।  यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४९ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ बढेर तोलाको १८९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार