परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको भेटवार्ता

बुधबार, साउन २, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले ​शिष्टाचार भेटेका छन् । बुधवार सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीच बहुपक्षीय सहकार्य सुदृढ हुने सहमति भएको राजदुत चेनले बताएका छन् । राजदुत चेनले भनेका छन्- ‘भेटमा हामीले हाम्रो बहुपक्षीय सम्बन्ध र सहकार्यलाई सुदृढ पार्ने सहमति गरेका छौं । हामीले चीन र नेपालको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने तयारी गरेका छौं  । यसअघि मंगलबार परराष्ट्रमन्त्री राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार