जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बुधबार, साउन २, २०८१

पाल्पा । ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मिस्दी गाउँपालिका-७ ज्यामिरे बस्ने ३५ वर्षीय सन्त बहादुर बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सन्त बहादुरले गत असार ३१ गते बिहान उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी रूक्सेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार