भारतीय राजदूतले भेटेको भोलिपल्टै चिनियाँ राजदूतले पनि भेटे परराष्ट्रमन्त्री राणालाई 

बधाई दिँदै नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल 
बुधबार, साउन २, २०८१

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बुधबार भेटवार्ता गरेका छन् ।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा आपसी सहकार्य र द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ । भेटमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेको एक दिनपछि चिनियाँ राजदूतले परराष्ट्रमन्त्री राणासँग भेट गरेका हुन् । मन्त्री डा. राणा देउवासँग भेट भएको तस्वीर सार्वजनिक गर्दै राजदूत सोङले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको उल्लेख गरेका छन् । उनले नेपाल–चीन ७० वर्ष लामो कूटनीतिक सम्बन्ध डा. राणा देउवाको पालामा अझ प्रगाढ हुने विश्वास आफूले राखेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

chen-song-arju-rana-1-1721209857.jpg
 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार