रेलमार्गको सर्भे टोलीको गाडीमा चितवनका स्‍थानीयले गरे आगजनी

बुधबार, साउन २, २०८१

चितवन । चितवनमा रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन् । बुधबार भरतपुर महानगर- ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएर प्रहरीकै अगाडि आगजनी गरेका थिए । गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको थियो । उनीहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले बताए । सचिव नेपालका अनुसार सो टोलीले मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो । आज वडा नं. ७ मा सर्भे गर्दागर्दै सयौ स्थानीय भेला भएर विरोध गरेका थिए । पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीयहरुले विरोध गर्दै आएका छन् । चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिकाको वडा नं ८, ७ र ४ हुँदै नवलपरासीतर्फ जानेछ । 
 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार