देशमा भएका प्रतिभाहरुको खोजी गरी सम्मान गर्न आवश्यक : प्रधानमन्त्री 

बुधबार, साउन २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले, देशमा भएका प्रतिभाहरुलाई सम्मानसहित प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौंमा छिन्नलता गीत पुरस्कार गुठीद्धारा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले नेपाल प्रतिभाहरुको देश भएको भन्दै उनीहरुलाई निखार्ने र प्रोत्साहन गर्ने काम छिन्नता पुरस्कार गुठीले गरेकोमा धन्यवाद दिएका छन् ।  उनले भने, ‘कला, संस्कृति, संगीत, बाद्यबादन र गायन यी सबै कुरालाई बुझ्ने र त्यसलाई प्रोत्साहन गर्न जान्ने त्यसलाई विकास गर्न सक्ने ठाउँ नै छिन्नलता गीत पुरस्कार गुठी हो । यो प्रतिभाहरुको देश हो । यहाँका प्रतिभाहरु सम्मानीत हुनुभएको छ खुसी व्यक्त गर्न चाहन्छु । यस्तो प्रतिभाहरुलाई खोजि खोजि सम्मानीत गर्ने र खोजि खोजि खानिबाट हिरा निकाले झै निकालेर कटिङ गरेर चम्काएर देखाउँने काम छिन्नता पुरस्कार गुठीले गरेको छ । म धन्यवाद दिन चाहन्छु ।’  प्रधानमन्त्री ओलीले  छिन्नलता गीत पुरस्कार गुठीलाई आगामी दिनमा पनि प्रतिभा खोजि गर्ने र सम्मान गर्ने कामको निरन्तरताको लागि शुभकामना दिएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार