विद्यार्थीको वर्षे बिदाको सदुपयोग : विद्यालयमा नै कम्प्युटर कक्षा सञ्चालन 

बिहीबार, साउन ३, २०८१

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले विद्यार्थीको वर्षे बिदालाई कम्प्युटरको सिप प्रदान गरेर सदुपयोग गरेको छ । वर्षे विदाको सदुपयोग गर्दै गाउँपालिकाका सबै माध्यमिक विद्यालयमा वर्षे बिदाको समयमा कम्प्युटर कक्षा सञ्चालन भइरहेका छन् । गाउँपालिकामा रहेका सात वटा माध्यमिक विद्यालयमा गत असार ३० गतेदेखि दैनिक  कम्प्युटर कक्षा सञ्चालन भएका गाउँपालिकाको शिक्षा शाखाका अधिकृत ङावा शेर्पाले जानकारी दिए । हरेक विद्यालयमा दैनिक तीन÷तीन वटा कम्प्युटर कक्षा सञ्चालन भइरहेका उनले बताए । ७ वटा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई वर्षे बिदाको समयमा दैनिक दुई घण्टा कम्प्युटर कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए । ‘गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई वर्षे बिदालाई लक्षित गरी १५ दिने कम्प्युटर (अफिस प्याकेज) कक्षा सञ्चालन भइरहेको छ’, उनले भने । असार ३० गतेबाट सुरु भएको कम्प्युटर कक्षा साउन १२ गतेसम्म सञ्चालन हुने   शेर्पाले बताए । एउटा माविमा २० वटा कम्प्युटर भएकाले २० जना विद्यार्थीको एउटा समूह बनाएर कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए । हरेक विद्यालयमा दुई घण्टाका दरले दैनिक तीनवटा कक्षा सञ्चालन गरिएको उनले बताए । 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार