नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो

बिहीबार, साउन ३, २०८१

काठमाडौँ । नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्केको छ । भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१  ००५ -ख ९५५४ नम्बरको सार्वजनिक यात्रु बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट धुवाँको मुस्लो निस्केको हो । धुवाँ निस्केको देखेपछि यात्रुहरू सबै झारेर आगो निभाइएको प्रहरीले जनाएको छ । समयमै इन्जनमा आगो निभाएपछि सम्भावित ठुलो दुर्घटनाबाट जोगिएको र बस आगलागी हुनबाट पनि जोगिएको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार