संसदलाई विजिनेस दिने बारे प्रमुख सचेतकहरूसँग सभामुखको छलफल

बिहीबार, साउन ३, २०८१

काठमाडौं । सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग आज सिंहदरबारमा छलफल गरेका छन् । संसदलाई बिजिनेस दिने विषयमा शुक्रबारको कार्यव्यवस्था समितिको बैठकले निर्णय गर्ने भएको छ । बैठकपश्चात सत्तारुढ दल एमालेका मुख्य सचेतक महेश बर्तौलाले आजदेखि साउन १५ गतेसम्म संसद् बैठक कुन-कुन दिन बस्ने र समितिमा रहेका विधेयकलाई छलफल गर्न समय कसरी मिलाउनेबारे भन्नेबारे छलफल भएको जानकारी दिएका छन् । असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार