एएफसी महिला च्याम्पियन्स लिगको ड्र, एपीएफ क्लब समूह सीमा

बिहीबार, साउन ३, २०८१

काठमाडौँ । एएफसी महिला च्याम्पियन्स लिगको उद्घाटन सिजनको ड्र सार्बजनिक भएको छ । उद्घाटन सत्र प्रारम्भिक चरणमा १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । महिला च्याम्पियन्स लिगका खेलहरु अगस्त २५ देखि अगस्त ३१ सम्म खेलाइने भएको छ । नेपालको एपीएफ फुटबल क्लब समूह सी मा परेको छ र उसले उज्वेकिस्तानको एफसी नासाफ र मलेसियाको सबा एफएसँग खेल्नेछ । एपीएफका खेल मलेसियामा हुनेछन् । चार समूह विजेताहरू त्यसपछि समूह चरणमा पुग्नेछन् जहाँ उनीहरूलाई तीन समूहमा विभाजन गरी अन्य आठ क्लबहरू सामेल हुने छन् ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार